कचनकवल। कचनकवल गाउँपालिकाले भोलि १८ गते शुक्रबार सार्वजनिक विदा दिएको छ। गाउँपालिकाले आज एक सूचना जारी गर्दै हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक विदा दिएको हो ।
गाउँ कार्यपालिकाको बैठकले निर्णय अनुसार हरिबोधनी एकादशी तथा तुलसी विवाह हर्सोल्लासका साथ मनाउन भन्दै बिदा दिएको हो ।

गाउँपालिकाको कार्यपालिकाको निर्णय अनुसार सबै वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरूसमेत बन्द हुने सूचनामा उल्लेख छ ।