Search
Close this search box.
Search
Close this search box.

कचनकवल गाउँपालिकामा वित्तीय संघीयता र योजना तर्जुमा सम्बन्धी कार्यक्रम सम्पन्न

कचनकवल– कचनकवल गाउँपालिकामा वित्तीय संघीयता र स्थानीय योजना तर्जुमा सम्बन्धी एकदिने विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य माननीय जुघ्द बहादुर गुरुङको उपस्थिति रहेको थियो।

गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीयता अन्तर्गत वित्तीय व्यवस्थापन र स्थानीय विकासका योजनाहरूको प्रभावकारी तर्जुमा र कार्यान्वयनबारे जानकारी प्रदान गरिएको थियो। प्रमुख अतिथि गुरुङले संघीयता कार्यान्वयनका क्रममा वित्तीय स्रोत व्यवस्थापन र योजना तर्जुमाको महत्वबारे चर्चा गर्दै स्थानीय तहले सुदृढ अर्थतन्त्रका लागि जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो।

EPIC EPIC EPIC

कार्यक्रममा उपाध्यक्ष नवराज भट्टराईले स्वागत मन्तव्य व्यक्त राख्दै राजनीति, प्रशासनिक, र वित्तीय संघीयताको सबै तीन तहका सरकारहरूमा प्रभावकारिता आवश्यक रहेको बताउनुभयो। उहाँले प्रभावकारी कार्यान्वयनबाट संघीयता थप सुदृढ हुने धारणा राख्नुभयो।

गाउँपालिकाका अध्यक्ष राजवंशीले आफ्नो मन्तव्यमा यस्ता कार्यक्रमहरूले स्थानीय निकायलाई थप सक्षम बनाउन सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा गाउँपालिका क्षेत्रभित्रका विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका अगुवा, तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *