कचनकवल गाउँपालिकाको वित्तीय प्रगति सार्वजनिक, कुल खर्च ९६.५८ प्रतिशत

कचनकवल। कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रगति सार्वजनिक गरेको छ। गत आर्थिक वर्षमा रु ६५,२४,६६,९८७/- (पैंसठ्ठी करोड चौबीस लाख छैसठ्ठी हजार नौ सय सतासी रुपैयाँ मात्र) कुल आय प्रस्तावित गरिएको थियो। तर, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने निकासा एवं आन्तरिक श्रोत अपेक्षाकृत रुपमा प्राप्त नहुँदा वास्तविक आय रु ५४,०४,६०,०१८/७५ (चौवन्न करोड चार लाख साठी हजार अठार रुपैयाँ पचहत्तर पैसा मात्र) प्राप्त भएको थियो। 

आयको अनुपातमा कुल व्यय रु ५२,१९,६२,२७८/६२ (बाउन्न करोड उन्नाइस लाख बैसठ्ठी हजार दुई सय अठहत्तर रुपैयाँ बैसठ्ठी पैसा मात्र) भएको छ। यसरी कुल आयको अनुपातमा जम्मा खर्च प्रगति ९६.५८% ( छयानब्बे दशमलब पाँच आठ प्रतिशत ) रहेको छ। 

EPIC EPIC EPIC EPIC EPIC

गाउँपालिकाले आयोजना तथा कार्यक्रमहरूको व्यवस्थापन, सञ्चालन तथा सम्पन्न गर्न सहयोग पुर्याएका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उपभोक्ता समिति, निर्माण व्यवसायी, राजनीतिकर्मी, स्थानीयवासी तथा विभिन्न सरकारी, गैरसरकारी संघ संस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा समेत रचनात्मक सहयोगको अपेक्षा गरिएको छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *