कचनकवल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, मोति मावि च्याम्पियन

बनियानी।

EPIC

कचनकवल गाउँपलिका-३ स्थित पथरिया माविको खेलमैदानमा सम्पन्न १५औं कचनकवल गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मोति माध्यमिक विद्यालयले उपाधि जितेको छ।

EPIC EPIC EPIC

कचनकवल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा माघ १० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा मोति माविले कुल १४ पदक (६ स्वर्ण, ४ रजत र ४ कांस्य) जित्दै राष्ट्रपति रनिङ शिल्ड आफ्नो नाममा लेखाउन सफल भएको हो।

प्रतियोगितामा पथरिया मावि ११ पदक (६ स्वर्ण, ३ रजत र २ कांस्य) जित्दै दोस्रो स्थानमा रह्यो भने लक्ष्मीप्रसाद देवकोटा माविले १२ पदक (३ स्वर्ण, ४ रजत र ५ कांस्य) जित्दै तेस्रो स्थान हासिल गर्‍यो।

कुल १६ विद्यालयको सहभागितामा सम्पन्न प्रतियोगितामा विभिन्न खेलकुद विधामा प्रतिस्पर्धा गराइएको थियो। यस क्रममा ३० स्वर्ण, ३० रजत र ३६ कांस्य गरी कुल ९६ पदक वितरण गरिएका थिए।

खेलकुदको माध्यमबाट विद्यार्थीहरूको शारीरिक तथा मानसिक क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिताले गाउँपालिकामा खेलकुदको क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

समापन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई रहेका थिए। भट्टराईले विजयी टीमलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *