Search
Close this search box.
Search
Close this search box.

कचनकवल सामुदायिक बन स्थानीय महासंघको तेस्रो परिषद् भेला सम्पन्न

बनियानी। कचनकवल सामुदायिक बन उपभोक्ता महासंघको तेस्रो परिषद् भेला कचनकवल वडा नं. ३ स्थित अभिमुक्तेश्वर सामुदायिक बनको सभाहलमा सम्पन्न भएको छ।

भेलाको अध्यक्षता महासंघका अध्यक्ष चेतराज भट्टराईले गर्नुभयो भने, प्रमुख अतिथि कोशी प्रदेश सामुदायिक बन महासंघका कोषाध्यक्ष गीता देवी भण्डारी हुनुहुन्थ्यो। भेलामा विशेष अतिथि वडा नं. ३ का वडाध्यक्ष ग्यास अजमल मिया र जिल्ला महासंघका सदस्य श्यामराज पुरी समेत उपस्थित हुनुहुन्थ्यो।

EPIC EPIC EPIC

कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य स्थानीय महासंघका उपाध्यक्ष तारानिधि प्याकुरेलले प्रस्तुत गर्नुभयो।

भेलामा जिल्ला महासंघका सदस्य श्यामराज पुरीले सामुदायिक बनको निर्वाचनमा भाग लिएर असहयोगको सामना गरेको कुरा उल्लेख गर्दै भने, “केही साथीहरूले स्थानीय महासंघलाई असहयोग गरेका छन् जसका कारण संघ-संस्थाहरू सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको छ। आजको भेलामा पनि असहयोग देखिएको छ, यो सहन योग्य छैन।” उहाँले महासंघको एकता र समृद्धिका लागि सहकार्यको आवश्यकता औंल्याउनुभयो।

वडा नं. ३ का अध्यक्ष ग्यास अजमल मियाले पुरानो समितिले नयाँ समितिलाई असहयोग गरेको कारण सामुदायिक बनका कार्यहरूमा प्रगति नआएको बताउनुभयो। उहाँले थप्नुभयो, “मैले भोट नपाए पनि, म सामुदायिक बन संरक्षणमा पूर्ण प्रतिबद्ध छु र कुनै पनि समयमा साझेदारी कार्यक्रम गर्न तयार छु।”

प्रमुख अतिथि गीता देवी भण्डारीले सामुदायिक बनहरूको अतिक्रमण रोक्नका लागि सिमाना निर्धारण गर्ने महत्त्वपूर्ण आवश्यकता रहेको बताउँदै समस्याको समाधानका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने कुरामा जोड दिनुभयो।

भेलामा सामुदायिक बन संरक्षण र सम्बद्ध समस्याहरूमा विविध पहलहरूको बारेमा छलफल भएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

One Response

  1. सामुदायिक बनउपभाेक्ता कचनकवल हुनुपर्ने थियाे ।साथैप्रतिबेदन का कुनै एक दुई बुँदा उल्लेख गरेकाे भए राम्राे हुन्थ्याे रुद्र जि

Leave a Reply

Your email address will not be published. Required fields are marked *