कचनकवल ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन

कचनकवल: कचनकवल गाउँपालिका वडा नं ३ का वडा सदस्य मेघलाल राजवंशीको निधन भएको छ। ६० वर्षीय राजवंशीको निधन बुधबार राति १:३० बजे आफ्नै निवासमा भएको हो।

राजवंशी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। उनी लामो समयदेखि क्यान्सरसम्बन्धी रोगबाट पीडित थिए।

EPIC EPIC EPIC

आज (बुधबार) परम्पराअनुसार दिउँसो १२ बजे स्थानीय आमबाडी घाटमा उनको दाहसंस्कार गरिने बताइएको छ।

साथै आज कचनकवल गाउँपालिकामा एकदिन शोक विदा दिइएको छ।।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *