कचनकवल ७ “पूर्ण खोप वडा” घोषणा, स्वास्थ्यकर्मी र स्थानीयको योगदानको कदर

कचनकवल। कचनकवल गाउँपालिका वडा नं ७ लाई विशेष कार्यक्रमका बीच “पूर्ण खोप वडा” घोषणा गरिएको छ।

स्वास्थ्य चौकीमा आयोजित कार्यक्रमका संयोजक वडा नं. ७ का वडाध्यक्ष भरत राजबंशी थिए भने प्रमुख अतिथि स्वास्थ चौकी व्यवस्थापन समिति अध्यक्ष हरि सिग्देल रहेका थिए। कार्यक्रममा वडाका अन्य सदस्यहरू, स्वास्थ्य चौकीका कर्मचारी, व्यवस्थापन समिति सदस्य, महिला स्वास्थ्य स्वयंसेविकाहरू र स्थानीय नागरिकहरूको समेत उपस्थिति रहेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

स्वास्थ्य चौकीका कर्मचारी विष्णु राजबंशी र व्यवस्थापन समिति सदस्य अघनलाल राजबंशीले शुभकामना मन्तव्य दिँदै खोप अभियानमा जनताको सक्रिय सहभागिता र स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गरे।
कार्यक्रममा वर्षभरि सञ्चालन गरिएको खोप कार्यक्रमको समिक्षा पनि प्रस्तुत गरिएको थियो। प्रमुख अतिथि हरि सिग्देलले खोप अभियान सफल बनाउन खटिएका सबै स्वास्थ्यकर्मी, स्वयंसेविका र स्थानीय निकायप्रति आभार व्यक्त गर्दै निरन्तर सक्रियता जारी राख्न आग्रह गरे।

कार्यक्रमका संयोजक वडाध्यक्ष भरत राजबंशीले महिला स्वास्थ्य स्वयंसेविकालाई खादा ओढाई सम्मान गरेका थिए। साथै, पूर्ण खोप सुनिश्चितताको प्रतिबद्धता जनाउँदै “पूर्ण खोप सुनिश्चितता बोर्ड” मा हस्ताक्षरसमेत गरिएको थियो।

कार्यक्रमको सञ्चालन बालुबाडी स्वास्थ्य चौकीका इञ्चार्ज हर्क गुरुङले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *