कचनकवल ७ मा गरियो कालोपत्रे सडकको सर्वे

कचनकवल – कचनकवल गाउँपालिका–७ मा कालोपत्रे सडक निर्माणको लागि सर्वेक्षण कार्य सुरु गरिएको छ। गाउँपालिका अध्यक्ष कालेन्द्र राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, सडक डिभिजन कार्यालयका प्राविधिकसहितको टोलीले सर्वेक्षण कार्य प्रारम्भ गरेको हो।

सडक निर्माणको कार्यलाई ‘कचनकवल–७ का जनताको ठुलो उपलब्धि’ को रूपमा अध्यक्ष राजवंशीले बताएका छन्। उनले यस कार्यलाई समयमै सम्पन्न गर्न गाउँपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

यो सडक योजना अन्तर्गत विभिन्न खण्डमा गरी करिब १५ करोड रुपैयाँको बजेट विनियोजन भएको छ। त्यसअनुसार:

कचनकवल–७ को कुमाल बस्तीबाट वडा कार्यालय जाने सडक करिब ३ करोड रुपैयाँ लागतमा सडक निर्माण गरिनेछ।

बालुवाबाडी नयाँ बजारबाट उत्तर जाने सडकका लागि पनि ३ करोड रुपैयाँ छुट्याइएको छ।

नेपाली कांग्रेस कचनकवल–७ को पार्टी कार्यालयबाट सहिद चन्द्रमणि प्रतिष्ठान जाने सडक निर्माणमा ६ करोड रुपैयाँ खर्च हुने छ।

सर्वज्ञेश्वर मन्दिरदेखि खानेपानी ट्याङ्की जाने सडक कालोपत्रे गर्न ३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *