कचन कवल माविमा विद्यार्थी नेतृत्व चयन : सुनिल र अनुशा क्याप्टेनमा विजयी

बनियानी — झापाको कचनकवल गाउँपालिका ६ बनियानी स्थित कचन कवल विद्या मन्दिर माध्यमिक विद्यालयमा आज विद्यालय क्याप्टेन तथा भाइस क्याप्टेनको निर्वाचन सम्पन्न भएको छ। प्रजातान्त्रिक अभ्यासअन्तर्गत सम्पन्न उक्त निर्वाचनले नयाँ विद्यार्थी नेतृत्व चयन गरेको हो।

छात्र क्याप्टेनतर्फको प्रतिस्पर्धामा सुनिल बस्नेत आफ्ना निकटतम् प्रतिस्पर्धी श्रेयन दाहाललाई १ मतले पछि पार्दै विजयी बने। यस्तै, छात्रा क्याप्टेनतर्फ अनुशा खत्रीले अस्मिता दाहाललाई फराकिलो मतान्तरले पराजित गर्दै विजय हासिल गरिन्।

EPIC EPIC EPIC EPIC

छात्र उपकप्तानमा दिपेन राजवंशी विजयी बनेका छन् भने छात्रा उपकप्तानतर्फ सिम्पल दाहालले जित हासिल गरेकी छन्।

निर्वाचन प्रक्रियामा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कुलचन्द्र अधिकारी मतदान अधिकृतका रुपमा सक्रिय थिए भने प्रमुख निर्वाचन आयुक्तको भूमिकामा बरिष्ठ शिक्षक पर्शुराम कार्कीले जिम्मेवारी निर्वाह गरेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र पाण्डेले जानकारी दिए।

विद्यालयले प्रत्येक वर्ष यस्तो लोकतान्त्रिक अभ्यासमार्फत विद्यार्थी नेतृत्व चयन गर्दै आएको छ। यसले विद्यार्थीहरूमा नेतृत्व विकास तथा लोकतान्त्रिक मूल्यको अभ्यासमा योगदान पुर्‍याउँदै आएको विद्यालय प्रशासनको भनाइ छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *