कञ्चन ज्योतिका विद्यार्थी एकदिने प्रयोगात्मक भ्रमणमा

Kanchan jyoti Ghodamara

बाह्रदशी। विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान दिने उद्देश्यका साथ झापाको बाह्रदशी गाउँपालिका ५ घोडामारामा अवस्थित कञ्चन ज्योति माविले कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई एक दिने अवलोकन भ्रमण लगेको छ।

 विद्यालयका सामाजिक शिक्षक यादव पौडेलको नेतृत्वमा लगिएको अवलोकन भ्रमणमा विद्यार्थीहरूलाई बिर्तामोड १० स्थित सैनिक बजार नजिकै रहेको तक्ति घर बहुउद्देश्यीय कृषि फर्म र सैनिक बजार च्याउ फर्ममा लगिएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

तक्ति घर कृषि फर्ममा मौरी पालन र औषधिजन्य वनस्पतिको बारेमा विद्यार्थीहरूले पूर्ण जानकारी लिएका थिए। सैद्धान्तिक ज्ञानले मात्र विद्यार्थीको सिकाइ पूर्ण नहुने भएकाले हरेक वर्ष फरक फरक स्थानमा अवलोकन भ्रमण मार्फत पाठ्यक्रममा समावेश गरिएका कुरालाई प्रयोग मार्फत सिकाइ गरिदै आएको विद्यालयका प्रिन्सिपल निमेष ढुङ्गेलले जानकारी दिनु भयो।

तक्ति घर कृषि फर्ममा विद्यार्थीहरूले एपिस मेलिफेरा जातको मौरीबारे पूर्ण जानकारी लिएका थिए। फर्मका सञ्चालक  दुर्गा शिवाकोटीले आफूले सात वटा घारमा मौरीपालन व्यवसाय गरिरहेको बताउँदै उत्पादन गरेको मह राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार सम्म पनि खपत हुने गरेको जानकारी दिनुभयो। 

उहाँले  विद्यार्थीहरूलाई हाल मौरीको बेसिजन भएकाले मह उत्पादनको पर्याप्त अवलोकन गर्न नसकिए पनि मंसिर  देखि जेठ सम्म भने तोरीको फुल फुल्ने सिजन भएकोले मौरीले प्रशस्त मह उत्पादन गर्ने समेत बताउनु भयो। 

अवलोकनका क्रममा मौरीको जीवन चक्र , मौरीको खाना तथा मह उत्पादनको तौर तरिकाबारे विद्यार्थीहरूले जानकारी लिएका थिए। 

यसका साथै अवलोकनमा कक्षा १० कि छात्रा निकिता सुबेदीले सञ्चालक शिवाकोटीलाई महको शुद्धता ,उपयोगिता , बजारीकरण लगायत विविध प्रश्न गरेकी थिइन्  ।

सञ्चालक सिवाकोटीका अनुसार शुद्ध मह परिक्षण गर्न एउटा सिसाको गिलासमा भरी पानी हालेर त्यसमाथि केही मात्रा मह लगाउँदा मह गिलासको पिमा पुग्ने गर्दछ।


मौरीपालन सँगसँगै सञ्चालक शिवाकोटीले विद्यार्थीहरूलाई औषधिजन्य वनस्पति चिन्ने तरिका तथा त्यसको उपयोगिताको बारेमा समेत जानकारी दिएका थिए।

 विद्यार्थीहरूले लेमनग्रास , पानी अमला, रुदिलो , सर्पगन्धा लगायतका वनस्पति र तिनको उपयोगिताको बारेमा जानकारी लिएका थिए।


त्यस्तै विद्यार्थीहरूले बिर्तामोड १० स्थित  सैनिक बजारमा रहेको सैनिक बजार च्याउ फर्ममा परालबाट बनेको कन्ने च्याउको बारेमा समेत जानकारी लिएका थिए। करिब ४ कठ्ठाको क्षेत्रफलमा लगाइएको च्याउ फर्मका सञ्चालक एस बि लम्जेल ले विद्यार्थीहरूलाई विषालु र खान योग्य च्याउ कसरी चिन्ने , परालबाट कसरी च्याउ उत्पादन गर्ने, च्याउलाई कसरी बचाउने लगायत यसको औषधिजन्य  गुण र बजारीकरणको बारेमा पूर्ण जानकारी गराउनु भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *