कञ्चन ज्योतिले गर्‍यो निर्वाचनबाटै नेतृत्व चयन।


बाह्रदशी। झापाको बाह्रदशी गाउँपालिका  ५ स्थित कञ्चन ज्योति अङ्ग्रेजी माध्यामिक विद्यालयले विद्यालयको स्कुल क्याप्टेन , स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन र हाउस भाइस क्याप्टेनको निर्वाचन प्रक्रियाद्वारा चयन गरेको छ।

EPIC

कक्षा १ देखी कक्षा १० सम्मको २१० मतदाता रहेकोमा २०८ मत खसेको थियो। विद्यार्थीहरूलाई सिकाइ सहजीकरण गर्ने उद्देश्य अनुरूप भएको यस निर्वाचनमा विद्यालयका समाजिक शिक्षक यादव पौडेल निर्वाचन अधिकृतको रुपमा रहनुभएको थियो। विद्यालयका शिक्षक तथा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा १० पदको लागी ३० जना विद्यार्थीहरूले रोचक प्रतिस्पर्धा गरेको थिए । विद्यार्थीहरूले एक बर्से कार्यकालको लागि आफ्नो नेतृत्व चयन गरेको विद्यालयका प्रधानाध्यापक निमेश ढुङ्गेलले जानकारी दिनुभयो। 

EPIC EPIC EPIC

आकृति गुरागाइँलाई ८६ मतले पराजित गर्दै स्कुल क्याप्टेनमा आर्यन कटुवाल बिजयी हुनुभयो भने गौरव बुढाथोकीलाई ३४ मतान्तरले पराजित गर्दै स्कुल भाइस क्याप्टेनमा आयुशा उप्रेती बिजयी हुनुभयो। यसै गरि यल्लो हाउसबाट क्याप्टेन र भाइस क्याप्टेन मा क्रमश नमन ढुङ्गेललाई ४ मतको मतान्तर कायम गर्दै कञ्चन
मैनाली बिजयी हुनुभयो भने ब्रीजन थापालाई १ मतको मतान्तर कायम गर्दै सदीक्षा कडरिया बिजयी हुनुभयो।

 यसैगरी ग्रीन हाउसबाट क्याप्टेन र भाइस क्याप्टेन मा क्रमश; रश्मि आचार्यलाई २ मतको मतान्तर कायम गर्दै सिम्रन  कडरिया बिजयी हुनुभयो भने मुकेश मेचेलाई ५ मतको मतान्तर कायम गर्दै गोभिन् राजवंशी बिजयी हुनुभयो। त्यस्तै, रेड हाउस बाट क्याप्टेन र भाइस क्याप्टेन मा क्रमश: कृष्ण ताजपुरियालाई  ४ मतको मतान्तर कायम गर्दै पारुहाङ लिम्बू बिजयी हुनुभयो। त्यसै गरि ब्लु हाउस बाट क्याप्टेन र भाइस क्याप्टेन मा क्रमश उत्सव खरेललाई ८ मतको मतान्तर  कायम गर्दै कौशल पौडेल बिजयी हुनुभयो भने समिर माझीलाई ४ मतको मतान्तर कायम गर्दै परिना रसाइली बिजयी हुनुभयो। सोही दिन कक्षा १ देखि कक्षा १० सम्मका मोनिटर र भाइस मोनिटर पनि छनौट गरिएको थियो। 

विद्यालयकी इन्चार्ज रोशनी  ढुङ्गेलले सहजीकरण गर्नु भएको  निर्वाचन कार्यक्रममा बिजयी उममेदवारहरूलाई विद्यालयका प्रधानाध्यापक निमेश ढुङ्गेलले अबिर तथा खादा लगाएर सफल कार्यकालको शुभकामना दिनु भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *