कतारले स्वीकार गर्‍यो ८ भारतीयलाई मृत्युदण्डको सजायविरुद्धको अपील

नयाँ दिल्ली। कतारको अदालतले भारतीय अपिललाइ स्विकार गरेको छ ।

EPIC

जासुसीको मुद्दामा पक्राउ परी मृत्युदण्डको सजायँ पाएका भारतीयहरू पुर्व अधिकारीको मुद्दामा कतारले अपिल स्विकार गरेको हो ।

EPIC EPIC EPIC

कतारको एक अदालतले कथित जासुसी मुद्दामा गत महिना सजाय पाएका आठ पूर्व भारतीय नौसेना कर्मचारीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय विरुद्ध भारतको अपील स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्  ।

कतारको अदालतले पुनरावेदनलाई हेरेर सुनुवाइको मिति तय गर्ने स्रोतले जनाएको छ ।

अगस्ट २०२२ मा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरू पूर्णन्दु तिवारी, सुगुनाकर पकाला, अमित नागपाल, सञ्जीव गुप्ता, नवतेज सिंह गिल, वीरेन्द्र कुमार वर्मा, सौरभ वशिष्ठ र रागेश गोपकुमार रहेका छन। जसलाइ गत महिना मृत्युदण्ड दिन फैसाला कतारको अदालतले गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *