Search
Close this search box.
Search
Close this search box.

कतारी नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेल नै विमानस्थल जाने

काठमाडौँ। नेपालको दुईदिने भ्रमणमा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन लागेका कतारी नरेश शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल आफैँ पुग्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलके निमन्त्रणामा कतारी नरेश नेपाल आउन लागेका हुन्। उनी मंगलबार ५ बजेर ३५ मिनेटमा काठमाडौँ उत्रने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। कतारका नरेश पहिलोपटक काठमाडौँ आउन लागेका हुन्।

EPIC

दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुनेछन्।  उनको भ्रमण तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आउने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका नरेशले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम छ। उनी बुधबार बेलुका कतार फर्कने छन् ।काठमाडौँ आउनुअघि ४३ वर्षीय कतारी नरेशले फिलिपिन्स र बंगलादेशको भ्रमण गर्ने कार्यक्रम छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *