Search
Close this search box.
Search
Close this search box.

कनकाईमा दुर्घटना गराएर फरार रहेका बसका कन्डक्टर सिटौला तीन दिनपछि पक्राउ

झापा । आफूले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् ।

बस कन्डक्टर शिवसताक्षी ६ बस्ने अन्दाजी २७ वर्षीय पुण्य सिटौलालाई बुधबार राति १० बजे भारतको पानीटंकीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुर्घटनापछि फरार सिटौलालाई पानीटंकीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको उनले जानकारी दिए ।

EPIC

असार ३१ गते साँझ कन्काईमा कन्डक्टर सिटौलाले चलाएको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कमल गाउँपालिका ५ बस्ने ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको थियो ।

विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुब्बाको मृत्यु भएको हो ।

धरानबाट काँकडभिट्टातर्फ आउने क्रममा सो बसले दिउँसो ४ः३० बजे बेलबारीमा अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसले मोटरसाइकल चालकलाई सामान्य ठक्कर दिई सवारी दुर्घटना हुँदा बस चालक इलाम माई नगरपालिका ८ बस्ने सागर थुलुङ राई सोही स्थानमा झरी घाइते पक्षसंग छलफल गर्न बसेका थिए ।

सोही स्थानबाट बसका कन्डक्टर सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको थियो । सिटौलासँग सवारी चालक अनुमतिपत्र रहेको बताइएको छ । प्रहरीले बसका चालक राई र सहचालक विराटनगर २ बस्ने दिपेश दर्जीलाई पनि नियन्त्रणमा लिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *