कनकाईमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा । झापाको कन्काईमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । हिजो साँझ ७ बजे कनकाई नगरपालिका वडा नं।२ जामुनबारीस्थित भित्री सडकखण्डमा जामुनबारीबाट सुरुङ्गातर्फ जाँदै गरेको साइकललाई सोही दिशातर्फ जाँदै गरेको प्र।१–०१–०१३प ८०९१ नं।को मोटरसाइकलले पछाडीबाट ठक्कर दिएको थियो ।दुर्घटनामा साइकलयात्री सोही ठाउँ बस्ने १९ वर्षीय सलिन कार्की, मोटरसाइकल चालक ३३ वर्षीय सविन तामाङ घाइते भएका थिए ।

दुवै घाइतेलाई कनकाई नगर अस्पताल सुरुङ्गामा लगि सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । मोटरसाइकल चालक तामाङको उपचारको क्रममा आज दिउँसो १।२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । अर्का घाइते कार्कीको अबस्था सामान्य रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *