कनकाई नदिमा बगाएर काठ तस्करी गर्दागर्दै पक्राउ

झापा। झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई नदीमा बगाएर ल्याउँदै गरेको अवस्थामा सखुवाको काठ बरामद गरिएको छ ।

EPIC

आज बिहान शिवसताक्षी–१० स्थित कन्काई माई खोलाबाट गाडीको टिउमा बाँधी अवैध रुपमा चिरान काठ बगाई ल्याइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोली र गैडे सामुदायिक बन उपभोक्ता समितिसहितको टोलीले उक्त खोलामा सखुवा जातको १९ क्युफिट बरामद गरेको हो । काठको मूल्य करिब ५७ हजार रुपैयाँ पर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

EPIC EPIC EPIC

काठ आवश्यक कारबाहीका लागि गैंडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *