Search
Close this search box.
Search
Close this search box.

कनकाई माईधाममा सोमबार बोलबम परम्पराको निरन्तरता

कनकाई। झापाको कनकाई माईधाम कोटिहोममा श्रावणी सोमबारे धार्मिक मेला आयोजना हुने भएको छ ।

विगतको वर्षमा भव्यरुपमा आयोजना हुने गरेको सोमबारे धार्मिक मेला कोरोना कहरले गर्दा धाम समितिले आयोजना स्थगन गरेको थियो । यस वर्षदेखि भगवान शिवको महिना साउनमा पर्ने सोमबार धार्मिक मेला योजना गर्ने तयारी गरिएको संस्थाका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए ।

EPIC

आगामी सोमबार विविध धार्मिक विधि र परम्परा अनुसार जल बोकेर यात्रा गरिने बोलबम परम्परालाई पनि निरन्तरता दिइने छ । सोमबार कोटीहोम मूल मन्दिर केटीयश्वराय र सामुन्य रहेको कनकेश्वर महादेवको प्रतिमा तथा शिवलिङ्गमा जल चढाउने व्यवस्था मिलाइएको धाम समितिले जनाएको छ ।

पवित्र कनकाई माई नदी किनारमा कनकाई आरती शुरु गर्ने अध्यक्ष थापाले जानकारी दिए । थापाका अनुसार कनकाई आरती अब हरेक सोमबार आयोजना हुने छ । कलाकारहरूद्वारा कनकाई आरतीमा भजन तथा बाध्यवाधन प्रस्तुत गर्ने बताइएको छ ।

२०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथले कोटीहवन गराएर शुरु भएको धार्मिकस्थल कनकाई धाम कोटीहोम तीन बिगहा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । होटीहवन क्षेत्रमा २४ थर गोत्रीय बन्धुहरूको मन्दिर तथा आश्रमहरू रहेको महासचिव दीनानाथ खतिवडाले बताए छ ।

त्यसैगरी कोटीहवन मूल मन्दिरदेखि उत्तरतर्फ लक्ष्मीनारायण मन्दिरको मंगलवार शिलान्यास भएको छ । झापा दमक–६ निवासी हिरण्यकुमार ढुङ्गेल र दुर्गादेवी ढुङ्गेलले २५ लाखको लागतमा उक्त मन्दिर निर्माण गरिदिने भएको धामका वरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडाले बताए 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *