कपिलवस्तु — कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गत शुक्रबार उनीसहित नगरपालिकाका १८ कर्मचारीको स्वाब संकलन गरी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । सबै जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताएका छन् ।
प्रमुख सिंहका श्रीमती र छोरा यसअघि कोरोना संक्रमित भएपछि उनको स्वाब संकलन गरिएको थियो । प्रमुख सिंहले जनतासँग प्रत्यक्ष सम्पर्कमा भई काम गर्दा संक्रमित भएको बताए । उनले स्वास्थ्य अवस्था सामान्य रहेको छ ।