कमल। झापा कमल गाउँपालिकालाई बालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका घोषणा गर्नका निम्ति वालमैत्री स्थानीय शासन कार्यान्वयन सहजिकरण समितिको बैठक सम्पन्न भएको छ।

बैठकमा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, उपध्यक्ष प्रमिला न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत राज कुमार शाक्य, शाखा प्रमुखहरु, बालमैत्री अभियान्ता सुमन ढकाल लगायत कमल बाल संजालका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

कमल गाउंँपालिका लाई यहि भाद्र २९ गते बाल दिवसको दिन बालमैत्रि स्थानिय शासनयुक्त गाउँपालिका घोषणा गरिंदैछ।