कम्पनी रजिस्ट्रारको सर्भर डाउन, हजारौं सेवाग्राही प्रभावित

काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयको सर्भर एक सातादेखि ‘डाउन’ हुँदा हजारौं सेवाग्राही प्रभावित भएका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयले अनलाइन प्रणालीका लागि नयाँ सफ्टवेयर सुरु गरेदेखि नै समस्या आउने गरेको छ ।

तर, एक सातादेखि भने कम्पनी रजिस्ट्रारको कार्यालयको अनलाइन प्रणाली पूर्णरूपमा डाउन भएको हो । कार्यालयले दिने सेवाहरू सम्पूर्ण रूपमा अनलाइनका माध्यमबाट दिने गरेको छ । तर, आर्थिक वर्ष अन्त्यमा विभिन्न किसिमका दस्तावेज पेश गर्नुपर्नेमा सर्भर नै डाउन भएपछि सेवाग्राही प्रभावित भएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

गत बुधबारदेखि सर्भरमा आएको समस्या अझैसम्म समाधान नभएको कम्पनी रजिस्ट्रारको कार्यालयकै एक अधिकारीले बताए । उक्त सर्भरमा देखिएको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा पनि कुनै जानकारी नभएको कार्यालयका कर्मचारीहरू बताउँछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *