करिब पाँच वर्षपछि सञ्चालनमा आयो बुद्धशान्तिको कृषि मण्डी

तीर्थ तिम्सिना,
बुद्धशान्ति (पालिका सन्देश) ।
झापाको बुद्धशान्ति गाउँपालिकामा कृषि मण्डी सञ्चालनमा आएको छ । बुद्धशान्ति–४ स्थित टिमाइ शिविर छेउमा संघीय सरकारद्वारा एक करोड ६८ लाखमा निर्माण सम्पन्न भएको करिब पाँच वर्षपछि कृषि मण्डी औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको कृषि मण्डीको संरचना बनेको करिब पाँच बर्ष बित्दा पनि सञ्चालन आउन नसकिरहेको अवस्थामा स्थानीय शान्तिनगर कृषि सहकारी संस्थाले ठेक्का लिएपछि सञ्चालनमा आएको हो । सहकारीले वार्षिक ७२ हजार रुपैयाँ गाउँपालिकालाई बुझाउने गरी ठेक्का लिएको सहकारीका अध्यक्ष दिलनाथ काफ्लेले बताएका छन् । यसअघि पालिकाले तीन पटक टेण्डर आह्वान गरेपनि ठेक्का लिन कसैले आवेदन नै दिएका थिएनन् ।

EPIC EPIC EPIC EPIC EPIC

मदन भण्डारी राजमार्गको सहज पहुँच भएको टिमाई शिविरमा सञ्चालन भएको मण्डी रहेको स्थानमा पहिले भुटानी शरणार्थीहरुको बसोबास रहेको थियो । उक्त मण्डीमा १२ वटा सटरसहितको कोठा, एउटा मण्डी, घेराबारा र सार्वजनिक शौचालय निर्माण गरिएको छ । जहाँ दुग्घजन्य पदार्थ, तरकारी, फलफूल, मल तथा बिउ लगायत किसानले उत्पादन गरेका कृषिजन्य सामग्री राखिने सहकारीका अध्यक्ष काफ्लेको भनाइ छ ।

मण्डी सञ्चालन भएको स्थान इलामको रोङ गाउँपालिकाको पनि नजिकमा पर्छ भने बुद्धशान्तिका सबै क्षेत्र र मेचीनगरको पहुँच पनि सरल रहेको छ । पूर्वी पहाडी जिल्ला इलामबाट कृषिजन्य सामग्री अहिले चारआली र विर्तामोडमा ल्याइने गरिएको छ । अबभने सडक मार्गको सरल पहुँच भएको स्थानमा मण्डी सञ्चालन भएकाले चारआली र विर्तामोड आउने सामाग्रीहरु बुद्धशान्तिमा आउने अपेक्षा गरिएको छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले कृषि बजार सञ्चालनका लागि पटकपटक सूचना प्रकाशित गर्दा कोही पनि भाडामा लिन नआएपछि समस्या झेलिरहेको अवस्थामा शान्तिनगर कृषि सहकारीले ठेक्का लिएपछि सञ्चालनमा आएको बताए । उनले कृषि मण्डीले स्थानीय किसानलाई टेवा पुग्ने बताउँदै पालिकाको वडा नं ५ र ६ मा सयौं किसानहरु व्यवसायिक कृषिमा आवद्ध रहेकाले उनीहरुले उत्पादन गरेका वस्तुहरु चारआली कि त विर्तामोड पुर्याउनुपर्ने अवस्था रहीरहेकोमा अब भने पालिकाकै कृषि मण्डीमा बिक्री वितरण गर्न सकिने बताए ।

निर्माण सम्पन्न भएको लामो समयपछि कृषि मण्डी सञ्चालनमा आएसंगै स्थानीय कृषकले उत्पादन गरेको कृषि सामग्री टाढा पूर्याउनुपर्ने झन्झटको अन्त्य भएको गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिावडाले बताए । उनले भने, “राज्यको लगानी खेर गइरहेको अवस्थामा धेरै लामो समय पश्चात सदुपयोग भयो ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *