Search
Close this search box.
Search
Close this search box.

करेन्ट लगाएर माछा मार्ने क्रममा बह्रदशीमा एक जनाले ज्यान गुमाए

झापा। झापा बाह्रदशी गाउँपालिकामा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा बाह्रदशी ५ का ४५ बर्षीय गंगाराम गजमेर रहेको प्रहरीले जनाएको छ।

EPIC

बिहिवार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाईते भएका गजमेरलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *