करेन्ट लागेर खेतमा काम गर्दै गरेका युवकको मृत्यु

रौतहटमा अरूको खेत हुँदै लगाइएको विद्युतीय तारले एक युवकको ज्यान लिएको छ। देवाही गोनाही नगरपालिका ७ का ४५ वर्षीय चुनिलाल पासवान आफ्नै खेतमा काम गरिरहँदा करेन्ट लागेर घाइते भए। छिमेकी रामदरेश राय यादवले जडान गरेको मोटरको तारबाट करेन्ट लागेको थियो।

घटनापछि प्रहरी टोलीले पासवानलाई तत्काल उपचारको लागि शिवनगर स्थित ग्राण्डी अस्पताल पुर्यायो, जहाँ दिउँसो १ बजेर ५० मिनेटमा उनको मृत्यु भयो। घटना सम्बन्धी अनुसन्धान जारी छ र तार जडानकर्ता रामदरेश राय यादव फरार छन्। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *