कर्णालीमा एमाले अधिवेशन सुरु हुन सकेन

सुर्खेत । वीरेन्द्रनगरमा जारी नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत मतदान अझै सुरु हुन सकेको छैन । सनिबार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने भनिएपनि दुई बजेसम्म पनि मतदान प्रक्रिया सुरु हुन सकिरहेको छैन ।

अहिलेसम्म उम्मेदवारको समेत अन्तिम नामावली प्रकाशन भएको छैन । बिहान ८ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेपनि अहिलेसम्म कार्यतालिका नै प्रकाशन हुन नसकेको हो ।

EPIC EPIC EPIC

यहि अवस्था हो भने अधिवेशनको समय अझै लम्बिने देखिएको छ । नेतृत्वका लागि अहिलेसम्म पाँच जनामध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिइसकेका छन् भने गुलावजंग शाह, प्रकाश रोकाया र मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेता, कार्यकर्ताहरु भने सिटीहल बाहिर बसिरहेका छन् । निर्वाचन आयोगले यो विषयमा कुनै जानकारी नदिँदा नेता, कार्यकर्ताहरु भने दिक्क बनिसकेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च