झापा। कर्णाली एजुकेशन फाउन्डेसनले विविध कार्यक्रम गरी आफ्नो रजत महोत्सव सम्पन्न गरेको छ।
प्रदेश नम्बर १ का कृषि, उद्घाेग तथा सहकारी मन्त्री भक्ति सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघीय संसदकी उपसभामुख इन्दिरा राना मगर बिशिष्ट अतिथीको रूपमा उपस्थित थिइन्।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सिटौलाले शैक्षिक क्षेत्रमा निजि बिद्यालयहरुले पुर्याएको योगदानको प्रशंशा गर्दै अबको ध्यान मौलिक र सांस्कृतिक शिक्षामा दिन सके सामाजिक आवश्यकता समेत पुरा हुने उल्लेख गरे।
त्यस्तै उपसभामुख रानामगरले बिद्यार्थीहरुलाई प्रकृतिबारे सिकाउन अनुरोध गरेकी थिइन्। उनले विद्यालय स्तरबाटै भेदभाव रहित समाज निर्माण गर्न उनिहरुलाई उत्प्रेरित गर्नुपर्ने समेत बताइन्।
बिद्यालयका अध्यक्ष छत्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, बिभिन्न वडाका वडाध्यक्ष एवं अन्य जनप्रतिनिधिहरु,प्याब्सनका केन्द्रिय सदस्य गोविन्द लम्साल, अन्य छिमेकी बिद्यालयका प्रधानाध्यापकहरु, संघ-सस्थाका प्रतिनिधिहरु र अभिभावकको उपस्थिति थियो।
२५औं बार्षिकोत्सवको अवसरमा बिद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु राखेका थिए।
मौलिक डोके, थारु र अन्य सांस्कृतिक नृत्य सहित आधुनिक र अन्य बिधामा समेत नृत्य प्रस्तुत गरिएको थियो।
बिद्यालयले कक्षा शिशुदेखी कक्षा ५ सम्मका सबै बिद्यार्थीलाई प्रस्तुतिका लागी मंचमा पुर्याउने जमर्को गरेको बिद्यालयका एक शिक्षकले बताए।
कार्यक्रममा बिद्यालयका शिक्षक शरद भट्टराईलाई उत्कृष्ट शिक्षकको सम्मान गरिएको थियो भने कर्मचारीतर्फ हेमबहादुर मगर सम्मानित भएका थिए।
सोही अवसरमा बिद्यालयका पुर्वअध्यक्ष ध्रुब कोइराला र प्राध्यापक गङ्गाराम गड्तौलालाई विद्यालयको चौतर्फी बिकासमा योगदान पुर्याएको भन्दै अभिनन्दन गरिएको थियो।
रजत बर्ष मनाउने क्रममा बिद्यालयले रजत स्मारक समेत निर्माण गरेको छ।




