कर्णाली र हेटौडालाई यु—२० रग्वी सेभेन्सको उपाधि

received 275359238311033

इलाम। यु—२० राष्ट्रिय रग्वी सेभेन्सको उपाधि कर्णाली रग्वी क्लब र हेटौडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका—४ शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ कर्णालीले १५—५ अन्तरले कटारी रग्वी क्लब र महिला तर्फ हेटौडाले १४—५ ले हिमालयन टाइगर रग्वी क्लबलाई हराउँदै उपाधि जितेको हो । बिजेता दुवै टोलीले ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता बनेका टोलीले ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


प्रतियोगिताको बिजेता तथा उपविजेतालाई माई नगर प्रमुख खम्ब सिं लिम्बु, नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, उपाध्यक्ष किरण गिरी, केन्द्रिय सदस्य सन्तकुमार मेहता लगायतले पुरस्कार रकम प्रदान गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुष तर्फ कर्णालीका रोहन डंगोल र महिला तर्फ हेटौडाकी पुष्पा खड्का घोषित भइन् । उनीहरुले जनही ५ हजार प्राप्त गरे । उदियमान खेलाडी कटारीका नविन दलार्मी र विडिसा राई घोषित भए । उनीहरुले जनही २ हजार पाँच सय प्राप्त गरे ।

EPIC EPIC EPIC
received 909024036829941


नेपाल रग्वि संघको आयोजनामा भएको प्रतियोगिता प्रदेश रग्वी संघ जिल्ला रग्वी संघ इलाम र माई नगरपालिकाको सहजिकरण रहेको थियो । प्रतियोगितामा पुरूष र महिला तर्फ कोशी प्रदेशबाट कटारी रग्वी क्लब, मधेस प्रदेशबाट बर्दिबास रग्वी क्लब, बागमती प्रदेशबाट हेटौडा रगर्स, कर्णाली प्रदेशबाट कर्णाली रग्वी क्लब र राष्ट्रिय क्लब हिमालयन टाईगर रग्वी सहभागी थिए ।
प्रतियोगिताबाट आगामी अगष्टमा नेपालमा हुने यु–२० एसिया रग्वी सेभेन्स प्रतियोगिताको लागि नेपाली टिम छनौट हुनेछ । समापन समारोह नेपाल रग्वी संघका बरिष्ठ उपाध्यक्ष चेतनराज गिरीको अध्यक्षता र प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव हंशराज वाग्लेको प्रमुख आतिथ्यतामा भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च