Search
Close this search box.
Search
Close this search box.

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ज्वालामुखी गाउँपालिका-५ खरी बस्ने ५३ वर्षीय यम बहादुर राना मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत धादिङको २०७७ मंसिर १ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ७ महिना ६ दिन कैद सजाय भई फरार रहेका उनलाई प्रहरी चौकी साधभञ्ज्याङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । २०६१ कात्तिक १२ गते बेलुका खरीस्थित यम बहादुर बिकको घरमा बसिरहेको अवस्थामा लुद्र बहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा अदालतले उक्त कैद सजाय गरेको थियो ।

EPIC EPIC

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *