दिपेन्द्र लुइटेल
भोजपुर । पौष २४ गते सम्पन्न भएको नेपाल निजामती कर्मचारी युनियनको आठौं जिल्ला अधिबेशनमा सिताराम ओझा सर्बसम्वत चयन भएका हुन ।
जिल्ला समितिको उपाध्यक्षमा देबि तिवारी ,निमा राई,पुष्पराज राई,सचिबमा बिक्रम रुम्बा,कोषाध्यक्षमा केशव सोराली मगर र सहसचिवमा लिलाराज भट्टराई सर्बसम्वत चयन भएका हुन । साथै जिल्ला कार्य समितिको सदस्य हरुमा सन्तोष आले मगर लगाएत १७ सदस्य कार्यसमिति चयन भएका छन ।
कार्यक्रमलो उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बिनोद बान्तावा भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आले लगाएत अन्य अतिथिहरुले युनियनको अधिकारलाइ आत्मासाथ गरि जनता समक्ष सरल र प्रभावकारी ढंगले सेवा प्रवाह गर्न आग्रह गर्दै सफलताको शुभकामना दिएका थिए ।
नेपाल कर्मचारी युनियन भोजपुरको अध्यक्षमा ओझाको दोस्रो कार्यकालमा पनि बिजयी भएको खुसी व्यक्त गर्दै आगामी दिनहरुमा पनि अझ काम गर्ने हौसला प्राप्त भएको बताए ।