कर बढाउने विधेयक पारित भएसँगै केन्याका नागरिकले जलाए संसद

काठमाडौं । केन्याको राजधानी नैरोबीमा नयाँ वित्त विधेयकको विरोधमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागि ५ जनाको मृत्यु भएको छ ।

मंगलबार हजारौं प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेर आगजनी र तोडफोड सुरु गरेपछि त्यहाँबाट सांसदरहरू भागेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

बीबीसीका अनुसार भिडलाई नियन्त्रण गर्न भन्दै प्रहरीले गोली चलाउँदा कम्तिमा ५जनाको मृत्यु भएको हो ।  चर्को विरोधका बाबजुद मंगलबार उक्त विधेयक संसदबाट पारित भएको थियो । नयाँ ऐन पारित भएसँगै नागरिकका लागि कर बढ्नेछ ।

प्रदर्शनका धेरै भिडियोहरू बाहिर आएका छन् । त्यसमा नैरोबीलगायत धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको देखिन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *