Search
Close this search box.
Search
Close this search box.

कविता र रुविनाले पाइन नेपाल जेसीजको ‘उत्कृष्ट युवा पुरस्कार’

मेचीनगर, ६ पुस । नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कारबाट झापा मेचीनगरकी सामाजिक अभियन्ता कविता नेपाल पार्तेल र राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुविना क्षेत्री सम्मानित भएका छन् ।

शनिबारदेखि इटहरीमा तीन दिनसम्म सञ्चालन हुने नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनही २० हजार नगदसहित नेपाल र क्षेत्रीलाई पुरस्कृत गरेका हुन् ।

EPIC EPIC EPIC

नेपाललाई जातिय छुवाछुत हटाउने अभियान र सामाजिक परिवर्तनको क्षेत्रमा योगदान पुर्याए वापत उक्त पुरस्कार प्रदान गरिएको बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले जानकारी दिए ।

त्यस्तै नेपाल जेसीजले राष्ट्रिय तथा अनतराष्ट्रिय क्षेत्रमा ख्याती कमाएकी राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुविना क्षेत्रीलाई पनि सम्मान गरेको छ ।

उनले पनि २० हजार नगद पाएकी छन् ।
पुरस्कृत नेपाललाई बाहुनडाँगी जेसीजले र क्षेत्रीलाई सुरुङ्गा जेसीजले सिफारिस गरेको अध्यक्ष बानियाँले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओली र नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रविन पोखरेलले दुवै जना प्रतिभाहरुलाई सम्मान गरेका थिए ।

यही पुस ६, ७ र ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय महाधिवेशनले वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *