कस्तो छ आजको मौसम ?

झापा । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहेको छ ।

विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

EPIC EPIC EPIC

आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एकरदुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममासमेत गिरावट आई चिसो अझ बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *