काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाए अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी स्थानमा मौसम सफा रहको छ ।
शुक्रबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने मौसम विभागले जनाएको छ ।
देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहको पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कर्णाली प्रदेशका सामान्य बदली रहेको छ भने प्रदेश १, २ र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।