Search
Close this search box.
Search
Close this search box.

कस्तो दिवस

एक दिन थियो फागुन सात
भयो २-४ नेताको लात
आशा थियो ल्याउछ चेतनाको लहर
भयो २-४ नेताको दुनो सोझ्याउने नहर ।।

भन्छन समय चलायमान छ
तर ,यहाँ २-४ नेताको दान छ ।।
प्रजा को लागि के आयो ,उ त्यही छ
नुन, सुन ,लसुन ,कम्युन ,सबै नेता पछि छ ।।

EPIC

हेर्दाहेर्दै २ पुस्ता भासिए मुग्लान
फर्किएर आएन्न कोहि घर दलान
लाखौ लाख रुपैया बाहिरिदैछ मात्र अध्यन को लागी
कोहि आएनन फिर्ती अध्यन प्रयोग को थाती ।।

नहोला ! र बिष्फोट , एक दिन आक्रोश
कस्तो होला त्यो दिन ,जब हुन्छ शान्त क्रोध ।
अब कुन तन्त्र आउला , हेर्न बाकी छ
२-४ वटा प्रयोग अझै कुर्न बाकी छ

डिल्लीराम भण्डारी, मेचीनगर

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *