काँकडभिट्टामा थान सुनजस्तो धातुसहित पाँच जना पक्राउ

झापा – काँकडभिट्टा नाका हुँदै भारतबाट सुनजस्तो धातु नेपाल ल्याउने क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, आज दिउँसो १२:३० बजे मेचीनगर–६ पुरानो मेची पुल नजिक भाडाको सिटी सफारीमा नेपाल प्रवेश गर्ने क्रममा शंका लागेर चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरिएको हो।

EPIC EPIC EPIC

तलासीका क्रममा ताप्लेजुङ मैवाखोला गाउँपालिका–६ स्थायी घर भई हाल झापा बुद्धशान्ति गाउँपालिका–२ बस्ने ४० वर्षीय राम लिम्बू र रामेछाप दुरम्बा गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं डल्लु बस्ने २६ वर्षीय प्रशान्त मोक्तानबाट ४९ थान सुनजस्तो धातु फेला परेको हो।

लिम्बूले लगाएको ज्याकेटको गोजीमा पत्रिकाले बेरिएको तीनवटा पोका भेटिएको थियो। खोल्दा, प्रत्येकमा “CREDIT SUISSE 20g FINE GOLD 999.9” लेखिएका २९ थान वस्तु बरामद भएका छन्। यस्तै, मोक्तानको जिन्स पाइन्टको अगाडि र पछाडि गोजीमा रहेका दुईवटा पोकाबाट सोही लेखिएका थप २० थान वस्तु फेला परेका छन्।

घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले अनुसन्धानका क्रममा मेचीनगर–६ स्थित होटल एभरेष्टबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा—

  • बारा जितपुर नगरपालिका–१८ स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ५७ वर्षीय राधेश्याम माझी,
  • रुकुम बाफिकोट गाउँपालिका–७ स्थायी घर भई हाल दाङ तुलसीपुर–१३ बस्ने ४० वर्षीय कमल कुसारी,
  • भारत पश्चिम बंगाल दार्जिलिङ बस्ने ६३ वर्षीय बलबहादुर क्षेत्री रहेका छन्।

पक्राउ परेका पाँचै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च