काँकडभिट्टामा प्रहरी कर्मचारी झुन्डिएको अवस्थामा मृत भेटिए

झापा। जिल्ला प्रहरी कार्यालय झापामा एक जना सईले झुन्डिएर आत्महत्या गरेको १० दिन नबित्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टामा अर्को प्रहरी कर्मचारी मृत फेला परेका छन्।

बुधबार दिउँसो करिब २:१५ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाको एकतले ब्यारेक भवनमा प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय निरबहादुर विक झुन्डिएको अवस्थामा फेला परेका हुन्। प्रहरी स्रोतका अनुसार ओखलढुंगा, सुनकोसी गाउँपालिका–१० निवासी विकले ब्यारेक भवनको ढोका लगाई पङ्खामा तन्नाको पासो लगाएर आत्महत्या गरेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

घटनाको जानकारी मृतकका आफन्तलाई गराइसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताएका छन्। शवलाई पोस्टमार्टमका लागि लैजान आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने कार्य भइरहेको छ।

यसअघि, फागुन ४ गते जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब निरीक्षक (सई) धनराज खतिवडाले ब्यारेक भवनको छतमाथि झुन्डिएर आत्महत्या गरेका थिए।

निरन्तर भइरहेको आत्महत्याका घटनाले सुरक्षाकर्मीको मानसिक स्वास्थ्य र कार्यस्थलको वातावरणप्रति गम्भीर प्रश्न खडा गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *