काँग्रेसको जागरण अभियानले केचनाको मुहार फेर्ला?

दोर्ण अधिकारी,

भद्रपुर । बिरलै राजनीतिक नेतृत्वको पाइला पर्ने नेपालकै होचो स्थान झापाको कचनकवलमा पौष २४ गते निकै तामझाम र सिंगारपटारको दृष्य देखियो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

पहिचान पाउन सके नेपालका अतिव्यस्त पर्यटकीय स्थलभित्र पर्नसक्ने कचनकवलको स्तम्भ राजनीतिले समेट्न नसकेको अभागी भूगोलमा भएको प्रष्ट हुने आधार भौतिक पूर्वाधारका संरचनाको टिठ लाग्दो परिवेश र सडकको दुरावस्थाले प्रष्ट्याइरहेको थियो ।

राजनीति गर्नेहरूले धेरैपटक यही होचो भूगोललाई देखाएर निर्वाचन जिते पनि होलान् । तर त्यस भूगोलले कहिलै जितेको अनुभूति नागरिक स्तरमा हुन सकेको छैन ।

व्यवस्थित सडक, शुद्ध पिउने पानीको उचित प्रबन्ध, कचनकवलको पहिचानका रूपमा रहेको स्तम्भको मर्मत सम्हारको व्यवस्थापन मात्र राजनीतिक नेतृत्वले गरिदिने हो भने पिछडिएको क्षेत्रको पहिचानबाट कचनकवलले मुक्ति पाउने थियो ।

काँग्रेसको जागरण अभियानको उद्देश्य सायद यीि भए, अलपत्र केचना रिङरोड, स्तम्भ निर्माणले गति पाउला । होइन भने चर्चाका लागि एक दिन झिलिमिली केचना स्तम्भ बनिएर बिगतजस्तै अलपत्र कचनकवल रहला ।

नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा नेपालकै होचो स्थानको पहिचान बनाएको झापाको कचनकवलबाट संसारकै अग्लो स्थान सगरमाथासम्मको जागरण अभियान सुरू गरिएको छ ।
नेपालको सबैभन्दा होचो भूभाग रहेको दक्षिणी झापाको कचनकवल स्तम्भबाट पौष २४ गते सो अभियान सुरू गरिएको हो ।

केचना-सगरमाथा जागरण अभियान नाम दिइएको पदयात्राको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरूले अभियानको शुभारम्भ गरेका हुन् ।
अभियानमा कोशी प्रदेशका १४ जिल्लाका सभापतिसहित नेता कार्यकर्ता सहभागी भएका छन् । अभियानमा स्थानीय स्तरका धेरै नेता कार्यकर्ताको उपस्थितिसमेत रहेको थियो ।

सो अभियान आगामी असार २० गते विश्वकै अग्लो चुचुरो सगरमाथामा पुगेर समापन गरिने नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बताए ।

उनले संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिको आधार, जलवायु परिवर्तन प्रभाव र पहिचानको उद्देश्य राखेर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

अभियानले नेपालको होचो भूभाग कचनकवलको पहिचान र समग्र विकासलाई समेत अगाडि बढाउन सहयोग पुग्ने बिश्वास राखिएको छ । अभियान सात महिनासम्म चल्ने छ ।

‘कोशी प्रदेशका १४ वटै जिल्लामा अभियान अन्तर्गत कार्यक्रम हुनेछन्’ सभापति थापाले भने, ‘कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षहरूको महत्वलाई अभियानका क्रममा उजागर गरिनेछ, समग्र प्रदेशको विकास, एकता र समृद्धिको सन्देशलाई अझ बलियो बनाउने हाम्रो अपेक्षा हो ।’

संगठन सुदृढीकरण, पार्टीमा गुट-उपगुटको अन्त्य, भ्रातृत्वको सहअस्तित्व स्थापित गर्दै पार्टीलाई थप मजवुत र चलायमान बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने सभापति थापाको बिश्वास छ ।

समुन्द्र सतहदेखि ५८ मिटर उचाईमा नेपालकै होचो भूभागमा कचनकवल स्तम्भ रहेको छ । अभियान शुभारम्भका अवसरमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

सायद राजनीतिक रूपमा अभियानको थालनी भएको पहिलो कार्यक्रम कचनकवल स्तम्भले पाएको भए पनि यहाँको विकासका लागि काँग्रेसले सही बाटो लिन नसकेको स्थानीयको दुखेसो छ । यही क्षेत्रबाट एमाले, काँग्रेस र राप्रपाका नेताहरू राजनीतिक रूपले स्थापित भए पनि नेपालको होचो भूगोलको पहिचान उच्च बनाउन कुनै पनि नेताले योगदान भने दिन सकेका छैनन् ।

केचनाको पछौटेपनलाई राजनीतिक मसला बनाएर अग्रगामी विकासको नारा चर्काउँदै निर्वाचन जिते पनि यस क्षेत्रमा सडक, बिजुली बत्ती, पिउने पानी, शिक्षा, स्वास्थ्य र रोजगारका समस्या विगत र वर्तमानमा फरक हुन सकेका छैनन् ।

सिमान्त बस्ती केचनामा व्यवसायिक कृषिको संरक्षण हुन नसक्दा भारतीय कृषि उपजले अतिक्रमण गर्दा नेपाली कृषक पलायन भइहेका छन् । कृषिमा मल, बिऊ, सिंचाइमा छिमेकी भारतको कृषि उपजसँग यहाँका कृषकले प्रतिष्पर्धा गर्न सकेका छैनन् । काँग्रेसको जागरण अभियानले कचनकवलका समस्या पहिचान गर्ला कि नगर्ला ? नागरिकको प्रश्नले उत्तर खोजिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *