कांग्रेसका ७७ वटै जिल्लाका सभापति र उपसभापति पोखरामा भेला हुँदै

काठमाडौं। नेपाली कांग्रेसका ७७ जिल्लाका सभापति र उपसभापतिहरू पोखरामा भेला हुने भएका छन् ।

पर्यटकीय नगरी पोखरामा माघ २२–२३ गते हुने प्रशिक्षण कार्यक्रममा उनीहरू सबै एकैपटक भेला हुन लागेका हुन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं पार्टी कास्कीको व्यवस्थापनमा २२–२३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय गरिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

कास्की जिल्लाका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार प्रशिक्षण कार्यक्रममा मुलुकका ७७ वटै जिल्लाका पार्टी जिल्ला सभापतिसँगै जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीसमेत रहेका उपसभापतिहरू सहभागि हुनेछन् ।

प्रशिक्षण कार्यक्रमलाइ कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्नेछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *