कांग्रेसको कारबाही शेखर समूहले नमान्ने, प्रतिवाद गर्ने

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठकले पार्टीले विभिन्न नेता, कार्यकर्ताहरुमा पार्टी अनुशासन कारबाहीका नाममा एकतर्फी प्रक्रिया अगाडि बढाएकोप्रति आपत्ति जनाएको छ ।

बिहीबार बसेको कोइराला समूहको बैठकले कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको ठहर गरेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

हिजो बुधबार कांग्रेस केन्द्रीय अनुशासन समितिले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका वा पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका गतिविधि गरेको भन्दै पार्टीका केही नेता, कार्यकर्तालाई निस्काशन र निलम्बन गरिएको निर्णयसहितको विज्ञप्ति सार्वजनिक गरेको थियो ।

बिहीबार बसेको शेखर समूहको बैठकमा कारबाहीको निर्णय नमान्ने, कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने निर्णय भएको बताइएको छ ।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच अहिले अनुशासन समितिको फाइल नचलाउने कुरा भएको बताएका थिए । तर हिजो बुधबार अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले समितिमै छलफल नगरी एक्कासी विज्ञप्ति निकालेर कारबाही गरिएकाले त्यसको प्रतिकार गर्ने निर्णय भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

बैठकमा उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *