काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् ।
राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । १०० मत गणना गर्दा देउवाले ५० मत पाएका छन्भने डा. शेखर कोइरालाले ३४ मत पाएका छन् । यस्तै विमलेन्द्र निधिले ११, प्रकाशमान सिंहले ३ र कल्याण गुरुङले एक मत पाएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार ४ हजार ६ सय ७९ मत खसेका छ । ४ हजार ७ सय ४३ मतदाता रहेकोमा ६४ जनाले मतदान गरेका छैनन् ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।