कांग्रेसले हार्दा देशले दुःख पाउँछः आरजू राणा

काठमाडौं। नेपाली कांग्रेसकी सांसद आरजू राणाले जनताले विश्वास गरेर नै कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको बताएकी छन् ।

भक्तपुरको सल्लाघारीमा आयोजित रोपाइँ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले हार्दा देशले दुःख पाउनुपरेको सुनाइन् । उनले भनिन्, ‘जब हामी हार्छौं, त्यसपछि देशले दुःख पाउँछ । अहिले पनि सत्तामा पुगेपछि कांग्रेसको लडाइँ हुने, फेरि विपक्षमा आएपछि सबै मिल्ने, यो चाहिँ हाम्रो नेताहरुले पनि यसको साइकोलोजी बुझ्नुभएको होला ।

EPIC EPIC EPIC EPIC EPIC

मैले केन्द्रीय समितिको बैठकमा पनि उठाएँ, हाम्रो सबै कुरा एउटै छ भने एकजुट भएर लागौं । अहिलेसम्म जनताले हामीलाई नै विश्वास गरेका छन् । सबैभन्दा ठूलो पार्टी हाम्रै छ । जनताले दिएको विश्वास जित्दै जाँदा योभन्दा ठूलो पार्टी बनाउन सक्छौं ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *