विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा एक हजार ७ सय ५३ मत खसेको छ ।
१४औँ महाधिवेशनअन्तर्गत भएको पहिलो प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि आज दिउँसो २ बजेबाट मतदान भएको थियो ।
एक हजार ८ सय ०५ मतदाता रहेको प्रदेश १ मा एक हजार ७ सय ५३ मत खसेको मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिए ।
मतगणना भने आइतबार बिहान ८ बजेबाट सुरु हुने थापाले जानकारी दिए ।