विराटनगर । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश १ सभापतिमा संस्थापनइतर पक्षका गुरुराज घिमिरेले ४२ मतको अग्रता बनाएका छन् ।
आईतबार साँझसम्ममा एक हजार मत गन्दा घिमिरेले आफ्ना निकटतम् प्रतिस्पर्धी उद्धव थापाभन्दा ४२ मतले अग्रता बनाएका हुन् । घिमिरेले ५०३ मत प्राप्त गरेका छन् भने संस्थापन पक्षका उम्मेवार थापाले ४६१ मत प्राप्त गरेका छन् ।