कांग्रेस महाधिवेशन: कति पदका लागि हुँदैछ निर्वाचन?

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आजदेखि सुरु हुँदैछ । नयाँ नेतृत्वमा रहन चाहनेहरूका लागि बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजेसम्मको समय तोकिएको छ । सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका छ ।

EPIC EPIC EPIC EPIC EPIC

कांग्रेसको १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् ।

एक सभापति , दुई उपसभापति , दुई महामन्त्री र आठ सहमहामन्त्रीका पदका लागि निर्वाचन हुनेछ ।

केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसमा छ । यस्तै सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधिले भाग लिइरहेका छन् ।

केन्द्रीय सदस्य पदमा प्रत्यक्षतर्फ ३५ जना निर्वाचित हुनेछन् । यस्तै महिलातर्फ नौ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् ।

दलिततर्फ चार महिलासहित नौ जना, आदिवासी जनजातितर्फ सात महिलासहित १५ जना, खसआर्यतर्फ छ महिलासहित १३ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

मधेसीतर्फ चार महिलासहित नौ, थारुतर्फ दुई महिलासहित चार, मुस्लिमतर्फ एक महिलासहित तीन र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । अल्पसङ्ख्यक र अपाङ्गता भएकातर्फ एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *