कांङ्ग्रेस महामन्त्री विश्वप्रकास आगामी फाल्गुण १९ मा भोजपुर आउने


दिपेन्द्र लुईटेल भोजपुर । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकास शर्मा यहि फाल्गुण १९ गते भोजपुर आउने भएका छन् । पार्टिको जिल्ला सम्मलेनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन महामन्त्री शर्मा जिल्ला आउने तयारी रहेको पार्टि जिल्ला सह–सचिव मनोज खनालले जानकारी दिनुभयो । उहाका अनुसार जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गराउन पार्टिका पुर्व पार्टि जिल्ला सभापती तथा पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्य, प्रदेश कार्य समिति, जिल्ला स्थित सम्पुर्ण पालिका पदाधिकाहरु, ८१ वटै वडा समितिका पदाधिकारीहरुलाई सम्मेलनमा अनिवार्य उपस्थितीका लागी आव्हान गरीएको छ । त्यस्तै जिल्ला स्थित पार्टिका भातृ तथा शुभेच्छुक संघ संस्थाहरु नेपाल तरुण दल, नेवि संघ, महिला संघ, दलित संघ, सास्कृतीक संघ,शिक्षक संघ, किसान संघ, प्रजातन्त्रवादि प्राध्यापक संघ, नेपाल प्रेस युनियन लगायत सबैलाई सम्मेलनमा उपस्थितीका लागी आमन्त्रण गरीएको पार्टि जिल्ला सह–सचिव खनालले जानकारी दिनुभयो ।
सम्मेलनमा महामन्त्री विश्वप्रकास शर्माको सम्बोधन र पार्टिका नेता प्रमोदहरी गुरागाईद्धारा प्रशिक्षण समेत हुनेभएको छ ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *