कागती टिप्नुअघि सोच्न बाध्य किसान, बिचौलियाको मनपरी मूल्यमा धानिएन खेती

झापा, २० साउन । धानखेत मासेर छ वर्ष अघिदेखि कागती खेती गरिरहेका गौरादह नगरपालिका–४ का नविन आचार्य बजारको समस्या आएपछि चिन्तित हुनुभएको छ ।

आचार्यले १४ कठ्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काउनु भएको छ । कागतीको बोटले मनग्य उत्पादन दिए तापनि बजारमा विक्री गर्न मुस्किल हुन थालेपछि उहाँजस्तै झापाका कागती किसानहरु खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा परेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

भारतबाट भित्रिने सस्ता कागतीले बजार कब्जा जमाएको कारण स्वदेशी कागतीले मूल्यमा प्रतिष्पर्धा गर्न नसकेको आचार्यले बताउनुभयो । “ठूलो लगानी र मिहेनत गरेर किसानहरुले अग्र्यानिक कागती फलाउनु भएको छ,” उहाँ भन्नुहुन्छ–“बजार लग्यो विक्री हुँदैन । भारतबाट भित्रिएका कागतीले बजार पुरै कब्जा गरेको छ । घाटा खाएर बेच्नु पर्दा बित्थामा कागती खेती गरिएछ जस्तो लाग्न थालेको छ ।”

कागतीमा आत्मनिर्भर बन्ने अभियान क्रममा जिल्लाका सहकारी संस्था, कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाले केही वर्षयता किसानहरुलाई कागती खेतीतर्फ प्रोत्साहित गरिरहेका छन् । तर उत्पादन बढेसँगै त्यसको बजार सुनिश्चित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

पाकेको कागतीको फल विक्री हुन नसक्दा त्यसको अचार, चुक अमिलो लगायतका सहउत्पादनलाई बढाउनेतर्फ ध्यान जान सके बजारको समस्या समाधान हुने आचार्य बताउनुहुन्छ । न्यूनतम् समर्थन मूल्य तोकेरे विक्री नभएका कागती स्थानीय पालिकाहरुले किनिदिने व्यवस्था हुन सके किसानहरुमा उत्साह थपिने उहाँको सुझाव छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले कागतीको बजार उत्साहजनक नहुँदा किसानहरु निराश बन्न थालेको स्वीकार गर्दै समाधानका उपाय खोज्ने बेला आएको बताउनुभयो ।

झापामा ३१० हेक्टर क्षेत्रफलमा कागती खेती हुँदै आएकोमा हाल खेती घटेर २७० हेक्टरमा पुगेको उहाँले जानकारी दिनुभयो । कागती खेतीका लागि झापा उर्वर भूमि रहेको जनाउँदै उहाँले स्थानीय खपतले मात्र स्वदेशी कागतीको विक्री धान्न नसक्ने अवस्था आएको बताउनुभयो ।

बिगतमा बोटबाटै टिपेर मनग्य भाउमा कागती किनेर लैजाने व्यापारीहरु अहिले आउन छाडेको किसानहरु बताउँछन् । भारतबाट भित्रिने सस्तो कागतीतिर स्थानीय व्यापारीहरु आकर्षित भएपछि किसानहरु साना सवारी साधनमा गाउँ र सहरका गल्ली चहारेर पोका पोकामा कागती बेच्न प्रयास गरिरहेका छन् ।

अर्जुनधारा नगरपालिका–३ बाट सिटी रिक्सामा कागती बेच्दै धुलाबारी बजार आइपुग्नु भएको कुशल थापाले दिनभरि तातो घाममा डुल्दा दश किलो कागती विक्री भएको बताउनुभयो । “हात्ती र बाँदरले बिगार नगर्ने बाली भनेर जंगल छेउछाउका बासिन्दालाई अन्न खेती मासेर कागती खेती गर्न लगाइयो,” उहाँले भन्नुभयो–“अहिले आएर विक्री हुन छाड्यो । फलेका कागती बोटमै कुहेर गयो भने किसान कसरी बाँच्ने रु”

जिल्लाको मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, गौरादह लगायतका पालिकामा किसानले घरैपिच्छे कागतीको खेती गरेका छन् भने ठूलो क्षेत्रफलमा खेती गर्नेहरु पनि बढेका छन् । खेती विस्तारसँगै बजारिकरणको सकस झन् बढ्दै गएको किसानहरुको गुनासो छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *