नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा उनले २ हजार ७ सय ३३ मत पाएका छन्।
अर्का प्रत्याशी डा. शेखर कोइरालाले १८५५ मत पाएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो। यसमध्ये ४५८८ मत सदर भएको थियो।