काठको बटमले श्रीमतीको टाउकोमा प्रहार गरी हत्या

झापा । इटहरीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ घर भई इटहरी उपमहानगरपालिका–१२ मा डेरा गरी बस्ने ३० वर्षीय सुमन दाहालले २५ वर्षीया श्रीमती अनिषा भट्टराईको हत्या गरेको प्रहरीले जनाएको छ ।

गएराति ८ बजेतिर उनले काठको बटमले श्रीमतीको टाउकोमा प्रहार गरेका थिए ।गम्भीर घाइते अनिषालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याइएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार उपचारको क्रममा राति ९ः१० उनको मृत्यु भएको हो । घटनापछि दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *