काठमाडौँबाट सात बंगलादेशी नागरिक पक्राउ

काठमाडौँ। प्रहरीले काठमाडौँबाट सात जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। गैरकानुनी रूपमा बस्दै आइरहेका बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

EPIC

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीको ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु नेपाल प्रवेश गरी गैह्रकानूनी रुपमा बसोबास गर्नुको साथै शङ्कास्पद गतिविधिहरुमा संलग्न रहेको भन्ने सूचनाको आधारमा पक्राउ गरी अध्यागमनमा बुझाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

EPIC EPIC EPIC

पक्राउ पर्नेमा मोहम्मद अतिकुल इस्लाम, मोहम्मद आलम मोल्ला, मोहम्मद जहाँगिर आलम, मोहम्मद अमिनुल हक, मोहम्मद अम्दादुल हक, मोहम्मद नसिरउद्दीन र मोहम्मद मोसरफ होसेन होल्दार रहेको उनले बताए। आचार्यका अनुसार ठमेल र सोह्रखुट्टे क्षेत्रबाट पक्राउ परेका उनीहरू भिसा अवधि सकिएर अवैध रूपमा नेपाल बसिरहेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *