काठमाडौँ आइपुगे पूर्वराजा ज्ञानेन्द्र शाह, उच्च नेताहरूसँग छलफल गर्दै

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार अपराह्न काठमाडौँ आइपुगेका छन्।

उनी समिट एयरको चार्टर्ड विमानबाट काठमाडौँ आइपुगेका हुन्।

EPIC EPIC EPIC

काठमाडौँस्थित त्रिभुवन विमानस्थल उत्रिएपछि उनले विमानस्थलको अति विशिष्ट कक्षमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र अर्का नेता कमल थापालगायतसँग छलफल गरिरहेको राप्रपा स्रोतले जानकारी दिएको छ।

पूर्वराजा शाहको स्वागतका लागि विमानस्थल बाहिर हजारौँको संख्यामा उनका समर्थकहरू भेला भएका छन्। उनीहरूले पूर्वराजा शाहलाई र्‍याली, झाँकी र बाजागाजासहित निर्मल निवाससम्म लैजाने कार्यक्रम रहेको राप्रपाले जानकारी दिएको छ।

बिहानैदेखि राजसंस्थाका समर्थकहरू विमानस्थल वरपर जम्मा भएका हुन्।

उनको स्वागत गर्नका विमानस्थलवरिपरि पुग्न राप्रपा र अन्य राजा समर्थकहरूले पनि सर्वसाधारणहरूलाई आह्वान गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *