काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीले पाएका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले राजु पाण्डेलाई निलम्बन गरेर जोशीलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन् ।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको हो ।
पाण्डेलाई ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ भने उनको जिम्मेवारी जोशीलाई सुम्पिएको छ ।
पाण्डेले गत चैत २१ गते आफू कार्यालय फर्किएको समयमा प्रहरी परिचालन गरेर रोकेको भन्दै गुरागाईँले स्पष्टीकरण सोधेका थिए । सो स्पष्टीकरण चित्त नबुझेको भन्दै गुरागाईँले पाण्डेले निलम्बन गरेका हुन् ।